कोरोना कहरका बीच भारतको पश्चिम बंगालमा मत गणना सुरू
एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ ।
कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना आज बिहान थालिएको हो । कोरोनाले भयावह रूप लिएकाले मत गणना रोक्नु पर्ने भन्दै आलोचना भइरहँदा पनि निर्वाचन आयोगले मतगणना थालेको हो ।
पश्चिम बंगालमा ८ चरणमा २७ मार्चदेखि २९ अप्रिलसम्म निर्वाचन भएको थियो । जसमा सत्ताधारी तृणमुल कांग्रेस र बिजेपीले आक्रमक प्रचार गरेका थिए । ममता बनर्जीले तेस्रो पटक सत्तामा पुग्न र उनलाई रोक्न बिजेपी आक्रामक रूपमा उत्रेको थियो ।
२९ अप्रिलमा पश्चिम बंगालमा मतदान सम्पन भएपछि जारी एग्जिट पोलमा बनर्जी नै मुख्यमन्त्री हुने देखिएको थियो । तर दुई पार्टीबीच थोरै मतान्तर हुने देखिएको छ । एग्जिट पोलका अनुसार बाम-कांग्रेस गठवन्धन तेस्रो नम्वरमा आउने उल्लेख छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस