कोरोना कहरका बीच भारतको पश्चिम बंगालमा मत गणना सुरू

एजेन्सी । भारतमा हालै सम्पन्न चार राज्य र एक केन्द्र शासित प्रदेशको निर्वाचनको मत गणना सुरू भएको छ ।
कुल ८ सय २२ विधान सभा सिटका लागि भएको निर्वाचनको मतगणना आज बिहान थालिएको हो । कोरोनाले भयावह रूप लिएकाले मत गणना रोक्नु पर्ने भन्दै आलोचना भइरहँदा पनि निर्वाचन आयोगले मतगणना थालेको हो ।
पश्चिम बंगालमा ८ चरणमा २७ मार्चदेखि २९ अप्रिलसम्म निर्वाचन भएको थियो । जसमा सत्ताधारी तृणमुल कांग्रेस र बिजेपीले आक्रमक प्रचार गरेका थिए । ममता बनर्जीले तेस्रो पटक सत्तामा पुग्न र उनलाई रोक्न बिजेपी आक्रामक रूपमा उत्रेको थियो ।
२९ अप्रिलमा पश्चिम बंगालमा मतदान सम्पन भएपछि जारी एग्जिट पोलमा बनर्जी नै मुख्यमन्त्री हुने देखिएको थियो । तर दुई पार्टीबीच थोरै मतान्तर हुने देखिएको छ । एग्जिट पोलका अनुसार बाम-कांग्रेस गठवन्धन तेस्रो नम्वरमा आउने उल्लेख छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस