बैंकका शाखा आलोपालोमा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सतर्कताका साथ बैंकिङ्ग कारोबार गर्न आग्रह गरेको छ ।
नेपालमा फैलिएको कोभिड १९ को दोस्रो लहर तीब्र रुपमा फैलिएको भन्दै सुरक्षाका मापदण्ड पालना गरि सेवा प्रवाह गर्न सङ्क्रमणको जोखिमलाई न्यूनिकरणमा सहयोग गर्न भनेको छ ।
केन्द्रीय बैंकले “क” “ख” “ग” “घ” वर्गका बैंकहरूलाई सूचना निकालेरै निर्देशन दिएको हो । साथै बैंकले कोभिड–१९ को संक्रमण जोखिम न्यूनिकरणको लागी निषेधाज्ञा जारी भएका स्थानहरूमा रहेका केन्द्रीय कार्यालयका हकमा २० प्रतिशत भन्दा कम कर्मचारी तथा शाखा कार्यालयको हकमा सम्भव भए सम्म २५ प्रतिशत भन्दा कम कर्मचारीको उपस्थित गराएर का गर्ने व्यवस्था मिलाउन भनेको छ ।
नजिकै रहेका शाखाहरुको हकमा न्यून सङ्ख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरि सेवा प्रदान गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस