चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या हजार भन्दा बढी
जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय सङ्क्रमित पुगेका छन् । कार्यालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन् । यहाँ रहेका सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने छ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन् । सङ्क्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस