चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या हजार भन्दा बढी

जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा एक हजार ७० सक्रिय सङ्क्रमित पुगेका छन् । कार्यालयका अनुसार सक्रिय सङ्क्रमितमध्ये ८८ जना अस्पतालको आइसोलेसनमा र ९८२ होम आइसोलेसनमा रहेका छन् । यहाँ रहेका सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । महानगरमा ८९०, खैरहनी नगरपालिकामा ३२, माडीमा १६, रत्ननगरमा ८७, राप्तीमा २४ र कालिका नगरपालिकामा १२ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नौ सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म आठ हजार ४६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ११७ को मृत्यु भइसकेको छ भने छ हजार ८५९ जना निको भएर घर फर्किइसकेका छन् । सङ्क्रमितमध्ये तीन हजार ३७० महिला र चार हजार ६७१ पुरुष रहेको उनले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस