बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन
कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।
“अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ ।”
उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको छ । हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस