राष्ट्रिय जनगणनाको कार्यक्रम स्थगित
काठमाडौं । राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताए । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।
अहिले गणक तथा सुपरीवेक्षक लागि आवश्यक तालिम तथा सूचीकरणको काम चलिरहेको थियो । नेपालमा हरेक १०र१० वर्षमा जनगणना हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस