बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट थप ८ जनाको मृत्यु भएकोछ ।
कोरोना सङ्क्रमणबाट खजुरा ७ की ३२ वर्षीया महिला, खजुरा २ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज १ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल ८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजो राति ज्यान गएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
यस्तै बाँकेको कोहलपुर १५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज ५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको मृत्यु भइसकेको छ ।
बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १२२ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस