• जीवनशैली | Jiwanshaili
  • थप ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

    यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ रहेको छ । नेपालमा हालसम्म ३३ सय ६२ जनाको मृत्यु भएको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस