बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु
एजेन्सी । बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ ।
बंगलादेशको प्रहरीले दिएको जानकारीअनुसार सोमबार ३६ जना यात्रु बोकेको डुङ्गा शिबचार गाउँनजिकै कार्गो पानीजहाजसँग ठोक्किएको हो । प्रहरी अधिकारी अमिर हुसेनले अहिलेसम्म २६ शव निकालिएको छ । साथै पाँच जनाको उद्धार गरिएको छ । उनीहरुको अहिले उपचार भइरहेको हुसेनले बताए ।
उक्त क्षेत्रका वरिष्ठ सरकारी अधिकारी रहिमा खातुनका अनुसार उक्त डुङ्गा सरकारले लगाएको प्रतिबन्धका बीच चलाइएको थियो । सरकारले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणको लागि प्रतिबन्ध लगाएको छ । तर, उक्त उल्लंघन गरी डुङ्गा चलाइएको खातुनको भनाइ छ ।
दुर्घटनामा परी हराएकाको खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस