निषेधाज्ञा उल्लङ्घन गर्ने लाई एक सय जरिवाना
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई एक सय रुपैयाँ जरिवाना लाग्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आज देखि निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी चालकलाई एक सय जरिवाना लिएर छोड्ने व्यवस्था गरेको हो । आज बिहान देखि नियन्त्रणमा लिइएका सबै सवारीहरूलाई जरिवाना तिराइएको छ। सरकारले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै गत वैशाख १६ गते देखि उपत्यकामा निषेधाज्ञा लागु गरेको छ। कोरोना भाइरस महामारीको चेन ब्रेक गर्न भन्दै अत्यावश्यक बाहेकका सवारी साधन चल्न निषेध गरेको थियो ।निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या नघटेपछि कडा पार्न जरिवाना तिराउने व्यवस्था गरेकाे जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस