• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा हावाहुरी सहित पानी पर्ने


    आज २०७८ बैशाख २१ गते मंगलबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले बताएको छ।

    आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ र प्रदेश २ का केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    यस्तै आज राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
    देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस