मेक्सिकोमा मेट्रो रेलको ओभरपास भत्किँदा २३ जनाको मृत्यु
एजेन्सी । मेक्सिकोमा मेट्रो रेलको ओभरपास भत्किँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७० जनाभन्दा धेरै घाइते भएका छन् ।
रेल चलिरहेको बेला ओभरपास भत्किँका रेलका डब्बाहरू तल सडकमा खसेका र व्यस्त सडकमा रेलका डब्बाहरू खस्दा मानिस र कारलगायतलाई किचेको बीबीसीले जनाएको छ । राजधानी मेक्सिको सहरमा भएको दुर्घटनामा परेकाहरूको अहिले उद्धार भइरहेको छ । ओलिभस स्टेशनको १२ औँ लाइन भत्किएको खबरमा उल्लेख गरिएको छ ।
यो लाइनमा सन् २०१७ को भूकम्पबाट क्षति पुगेको थियो । मर्मतपछि खुलाइएको ओभरपासलाई लिएर टिकाटिप्पणी हुँदै आएको थियो । दुर्घटनास्थलमा पुगेका मेक्सिको सहरका मेयर क्लाउडिया शेनबमले घटनाबारेमा अनुसन्धान गर्ने बताएका छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस