निषेधाज्ञाको छैठौं दिन (फाेटाेफिचर)
उपत्यकामा निषेधाज्ञाको आज छैठौँ दिन , आज काठमाण्डौं उपत्यकामा सोमवार भन्दा कम चहलपहल रहेको छ । सरकारले अत्यावश्यक सेवा दिने कार्यालयलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न निर्देशन गरे सँगै सडकमा सवारी चाप निक्कै कम भएको छ । जिल्ला प्रशासन कार्यालयले हिजो देखि निषेधाज्ञा उल्लङ्घन गर्नेलाइ एक सय जरिवाना लगाउने थाले पछि यसको प्रभाव देखिन थालेको हो ।
यद्यपि आज पनि सडकमा सवारी साधनको साथ साथै हिँडडुल गर्ने मानिसको सङ्ख्या पनि उत्तिकै मात्रामा देख्न सकिन्छ । सरकारले कोरोना भाइरस महामारी नियन्त्रणको लागि भन्दै गत वैशाख १६ गते देखि निषेधाज्ञा लागु गरेको थियो । कोभिड १९ को चेन ब्रेक गर्न भन्दै गरिएको निषेधाज्ञाको भोलि एक साता पुग्दै छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले वैशाख २९ गते सम्म निषेधाज्ञा लागु गर्ने निर्णय गरेको छ। यद्यपि सरकारले भने वैशाख मसान्त सम्मै निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ ।








क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस