• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु,सात हजार ६ सय ६० संक्रमित थपिए


    काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनको सङ्ख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ ।

    अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस