आज यी स्थानमा पानी पर्ने
आज २०७८ बैशाख २२ गते बुधबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै आज राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस