कोरोना कारण ३ सेनाको मृत्यु
नेपाली सेनाका तीन जनशक्तिको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । सैनिक प्रवक्ता पौडेलका अनुसार हालसम्म सेनामा पाँच हजार ३१८ सङ्क्रमित भएकामा तीन जनाको ज्यान गएको छ । निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ ।
सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ । नेपालमा हालसम्म तीन लाख ५१ हजार पाँच कोभिड–१९ बाट सङ्क्रमित भएकामा दुई लाख ८७ हजार ७९० निको भएको सिसीएमसीबाट थाहा भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५९ हजार ७९८ छ भने तीन हजार ४१७ जनाको निधन भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएको, एक हजार ७७५ निको भएको तथा ५५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस