सिरहामा आंशिक निषेधाज्ञा
कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ९डिसीसीएमसी० को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारीबाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।
सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो । यस्तै भारतसँग जोडिएका जिल्लाका सबै नाका बन्द गरिएकाले यसलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको जनाएको छ । सिरहामा मङ्गलबार एकैदिन ४३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२९ पुगेको छ भने चार जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस