कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्ने
कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ ।
प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने औषधिको चेतना फैलाउन र औषधि एवं अन्य खाद्य सामग्रीको कालोबजारी विरुद्ध युवाको नेतृत्वमा नागरिक अभियान शुरु गरिनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा पूर्व सचिव एवं नागरिक अभियानकर्मी भीमप्रसाद उपाध्यायले योग, ध्यान साधना गर्ने, उपयोगी आयुर्वेदिक औषधिको प्रयोग गरेर रोग प्रतिरोधी क्षमता बढाउन सकिने देखिएकाले यो सन्देश प्रवाह गर्न युवावर्ग सक्रिय हुनुपर्ने बताए । नेपाल भूमि प्राचीनकालमा ऋषिमुनिको विश्वविद्यालय भएकाले अनुसन्धानबाट शुरु भएको वैदिक सनातनी परम्परालाई निरन्तरता दिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष धीरेन्द्र चन्द, जरोकिलो महाअभियानका उपाध्यक्ष प्रा डा गोविन्दशरण उपाध्यायलगायतले श्वासप्रश्वासमा सुधारका लागि नियमित रुपमा प्राणायाम गर्न, माछामासु नखान, चिसोको प्रयोग नगरेर कोरोनाबाट बच्न सकिने बताएका थिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस