भारतको पश्चिम बङ्गालमा भड्किएको हिंसामा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यमा भएको विधानसभाको चुनावपछि भड्किएको हिंसामा परेर मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
विधानसभाको चुनावमा ममता बनर्जीको पार्टी तृणमूल कंग्रेस टीएमसीले झण्डै दुई तिहाइ मतसहित विजय हात पारेपछि हिंसा भड्किरहेको छ । गएको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीन जनाको मृत्यु भएसँगै हिंसामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको बीबीसीले जनाएको छ ।
मृत्यु भएकामध्ये नौ जना आफ्ना कार्यकर्ता भएको भारतीय जनता पार्टी बीजेपीले दाबी गरेको छ भने सात जना आफ्ना कार्यकर्ता रहेको टीएमसीले जनाएको छ । बाँकी एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता भएको बताइएको छ । दुवै पार्टीले हिंसाको आरोप एकअर्कालाई लगाएका छन् । पश्चिम बङ्गालका कयौँ ठाउँमा आगलागी र तोडफोडका घटना भइरहेका छन् ।
आज मात्रै शपथ लिनुभएकी पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ठूलो हारपछि भाजपाले साम्प्रदायिक हिंसा भड्काएको र राष्ट्रपति शासन लगाउने कोसिस गरेको आरोप लगाएकी छन् ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस