• जीवनशैली | Jiwanshaili
  • तपाईको क्षेत्रमा आजको मौसम यस्तो छ


    आज २०७८ बैशाख २३ गते बिहिबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

    आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राती देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस