• जीवनशैली | Jiwanshaili
  • कोरोना कारण कांग्रेस दाङका नेता दीपक चौधरीको निधन


    नेपाली कांग्रेस दाङका नेता दीपक चौधरीको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । घोराही उप–महानगरपालिका वडा नं. ८ स्यानी गाउँ निवासी ४२ वर्षीय चौधरीको बुधबार बिहान निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

    कोरोनाभाइरसको संक्रमण भएपछि चौधरीलाई एक हप्ता अगाडि काठमाडौंको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । दाङ कांग्रेसका सक्रिय नेता चौधरीलाई प्लाज्मा पद्धतिबाट पनि उपचार गरिएको थियो ।

    चौधरी तत्कालीन फोरम लोकतान्त्रिकका दाङ जिल्लाका उप–सभापति थिए । नेपाली कांग्रेसमा पार्टी समायोजन भएपछि चौधरी पनि दाङ कांग्रेसमा सक्रिय थिए ।

    कांग्रेस केन्द्रीय सदस्य चौधरीले दीपक चौधरीको निधनबाट आफू मर्माहत भएको जनाएका छन् । उनले भने, ‘कांग्रेसमा निकै सक्रिय व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उनको निधनले कांग्रेसलाई ठूलो नोक्सान भएको छ ।’ केन्द्रीय सदस्य चौधरीले दीपकको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस