लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् ।
अक्सिजन सप्लायर्सले समयमा आपुर्ति नगरीदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा समस्या हुने देखिएको छ । लुम्बिनी प्रदेशिक र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा कोरोना सङ्क्रमित बिरामी बढेपछि अक्सिजनको खपत पनि बढेको छ तर मागअनुसार अक्सिजन उपलब्ध नहुँदा अभाव भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
आज दिउँसोसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए सघन उपचार कक्षमा उपचाररत बिरामीको अवस्था नाजुक हुनसक्ने उहाँले बताउनुभयो । दैनिक २०० सिलिण्डरको माग हुने अस्पतालमा दैनिक ८० देखि १०० सिलिण्डर मात्र रहेको र समयमा थप सिलिण्डर नआए बिरामीको ज्यान जोखिममा पर्ने सूचना अधिकारी डा गौतमले जानकारी दिए ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो भएकाले श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अक्सिजनको माग बढी छ । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन आपूर्ति गरेको छ । अन्य जिल्लामा पनि अक्सिजनको माग बढी भएकाले सप्लायर्सले नियमितभन्दा धेरै आपूर्ति गर्न नसक्ने बताएपछि समस्या आएको अस्पतालले जनाएको छ । । अस्पतालले अन्य आपूर्तिको पहल भइरहे पनि अहिलेसम्म कुनै सप्लायर्ससँग सम्झौता हुनसकेको छैन । अस्पतालकै अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालनमा ल्याइए पनि अपुग भएको छ ।
प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिण्डरको खपत हुँदै आएको छ । कोरोनाका बिरामी बढेपछि त्यहाँ पनि माग बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन आपूर्ति गरिदिन सामाजिक सञ्जालमार्फत याचना गरेका छन । अहिले सप्लायर्सबाट आपूर्ति भएको १००–१५० सिलिन्डर अक्सिजनले थाम्न नसक्ने भएकाले थप सिलिण्डर आवश्यक भएको उनले बताए ।
“अझ हामीले दुई÷चार दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन श्यया थप्दा सम्भव भए ३०–३५ श्ययाको अर्को कोभिड आइसीयू बनाउँदा कम्तीमा एक हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी व्यवस्था गर्नु”, उनले आफ्नो फेसबुकमार्फत सहयोगका लागि आग्रह गर्दै भनेका छन् ।
लुम्बिनी प्रादेशि अस्पतालमा अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शङ्का लागेका बिरामीलाई पनि आकस्मिक कक्षमा राखेर उपचारको व्यवस्था मिलाइएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा फिवर क्लिनिकमा सात, कोरोना विशेष अस्पतालमा अक्सिजनजडित श्यया ९एचडीयू० ३६ तथा १५ वटा सघन उपचारकक्ष (आइसीयु०)शय्या छन् । यीबाहेक बेञ्च तथा भुइँमै राखेर पनि अक्सिजनको सहायतामा कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
अक्सिजनको अभाव भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले अस्पतालमा अक्सिजन सिलिण्डर उपलब्ध गराउन सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ । अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेशनमा अक्सिजन सिलिण्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अभाव देखिएको जनाउँदै अस्पतालमा सिलिण्डर उपलब्ध गराउन उहाँले आज सामाजिक सञ्जालमार्फत आग्रह गरेका हुन् ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस