सङ्घीय सांसदका ४ सांसद सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि
सङ्घीय सांसदका ४ सांसद सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो गरिएको पी. सी .आर .परीक्षणमा ४ जना सांसद र सङ्घीय सांसदका २ कर्मचारी गरी ६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
सङ्क्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।
सबैको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणमा सभामुख अग्नि प्रसाद सापकोटाको भने नतिजा नेगेटिभ आएको छ । यसै गरी सभामुखको सचिवालयमा कार्यरत कर्मचारीको पनि नेगेटिभ रिपोर्ट आएका हो । यही वैशाख २७ गते बस्न लागेको संसद्को अधिवेशनलाई मध्य नजर गर्दै सांसदका सबै सदस्य तथा कर्मचारी तथा सङ्घीय मामलाका पत्रकार सुरक्षाकर्मीको परीक्षण गरिएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस