बाँकेमा एकैदिन ५०८ जनाले कोरोना जिते
बाँके । बाँकेमा एकैदिन ५०८ जनाले कोरोना जितेका छन् ।
आज बिहीबार एकैदिन ५०८ जना कोरोनामुक्त भएका हुन् । कोरोना संक्रमित भई विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसी बाँकेले जनाएको छ।
योसँगै बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय १२ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पिसिआर परीक्षण गरेर रोग अनुसारको उपचार पाएकाहरुले भाइरसलाई पराजित गरेको भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस