नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन ९ हजार ७० जना थपिए,५४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९।४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस