• जीवनशैली | Jiwanshaili
  • संक्रमण भयावह हुने संकेत

    सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ ।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्टको संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमवाली अहिले धमाधम घर फर्किरहेका छन् ।

    भारतबाट फर्केका उनीहरु बिना चेकजाँज सीधै आआफ्नो घर गइरहेका छन् ।

    उनीहरुको व्यवस्थापनको लागि स्थानीय तहहरुले खासै ध्यान दिएको देखिदैन ।

    भारतबाट आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा नै बस्नुपर्ने भनिएकाले उनीहरु आआफ्नै घरमा बस्न लागेका हुन् ।

    तर, घरमा छुट्टै बस्नुपर्ने भनिए पनि सुदूरपश्चिमका ग्रामीण भेगका घरमा  एक वा दुई कोठा मात्रै हुने भएकाले सबै सँगै बस्नुपर्ने बाध्यता हुन्छ । ट्वाइलेट र धारा समेत संयुक्त प्रयोग गर्नुपर्ने हुन्छ ।

    त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै परिवारलाई सजिलै संक्रमण हुने देखिन्छ ।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस