बाँकेमा थप चार सङ्क्रमितको मृत्यु
बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उहाँका अनुसार, भेरी अस्पतालमा वैशाख १७ गते भर्ना हुनुभएका बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुषको बिहान १०।३० बजे र वैशाख २२ गते भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी ५५ वर्षीया महिलाको दिउँसो १२ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी वैशाख २२ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकि दाङ शान्तिनगर गाउँपालिका निवासी ७५ वर्षीया महिलाको बिहान ९ः१५ बजे मृत्यु भएको छ भने कोहलपुर नगरपालिका–१ निवासी ७३ वर्षीया महिलाको काठमाडौँबाट घर ल्याउने क्रममा बिहान ५ बजे बाटोमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट १६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउँदा १२८ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस