जीप दुर्घटना हुँदा १७ जना घाइते
पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कुश्मा नगरपालिका–१३ खौलालाँकुरी देखि सदरमुकाम कुश्माबजार आउँदै गरेको ग २ च ५२१३ नम्बरको जीप पिपलटारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
कुश्मा नगरपालिका–१३ का विष्णु परियारको जिल्ला अस्पतालमा मृत्यु भएपछि शव लिनका लागि उनीहरु अस्पताल आउँदै गर्दा जीप दुर्घटनामा परेको हो । क्षमता भन्दा बढी यात्रु बोकेको जीप ओरालो सडकमा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस