देशभर ६ सय ५० पत्रकारलाई कोरोना संक्रमण, ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल पत्रकार महासङ्घका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमा २ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।
प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् ।
सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन् । अहिलेसम्म ७ जना पत्रकारको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस