• जीवनशैली | Jiwanshaili
  • संघीय संसद सचिवालयका एक उपसचिवको कोरोनाका कारण निधन


    काठमाडौं । संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका १ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो ।

    स्वास्थ्यमा समस्या आएपछि विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस