ब्राजिलमा प्रहरी बिद्रोहीबीच गोली हानाहान हुँदा २५ जनाको मृत्यु
एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ ।
स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो ।
रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको हो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो । गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् ।
रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो । यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा रहेका छन् । तीमध्ये धेरै क्षेत्रमा लागु औषध तस्करी गर्ने समूहको प्रभाव छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस