कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक एक जना रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुष, वडा नं। १८ का ५६ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय पुरुष, वडा नं.१२ का ६० वर्षीया महिलाको गएराति कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० कि ५४ वर्षीया महिला, वडा नं. ६ का ५४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।
कैलाली टीकापुरका ४८ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस