• जीवनशैली | Jiwanshaili
  • कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु


    काठमाडौं । कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नेपालगन्जका ६ जना, बर्दिया र कैलालीका एक एक जना रहेका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

    नेपालगन्ज उपमहानगरपालिका-६ का ३४ वर्षीय पुरुष, वडा नं। १८ का ५६ वर्षीया महिला, वडा नं. ३ का ५२ वर्षीय पुरुष, वडा नं.१२ का ६० वर्षीया महिलाको गएराति कोरोनाका कारण मृत्यु भएको छ ।

    यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० कि ५४ वर्षीया महिला, वडा नं. ६ का ५४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस्तै बर्दिया बारबर्दियाका ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

    कैलाली टीकापुरका ४८ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस