• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा हावाहुरी सहित पानी पर्ने


    आज २०७८ बैशाख २५ गते शनिबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भुभाग नजिक रहेको पूर्व पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।
    देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामानयतया सफा छ।

    आज दिउँसोस् देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । साथै देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

    यस्तै राती देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकि प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस