हुलाकी राजमार्गमा रुख कटान कार्य सुरु
कैलालीको वसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटान कार्य शुरु भएको छ । रुख काट्ने कामको थालनीसँगै सो निर्माणाधिन राजमार्गको कामले गति लिने भएको छ ।
वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा हुलाकी राजमार्गको काम रोकिएको थियो । दश दिनसम्ममा रुख काट्ने काम सम्पन्न गरेर राजमार्ग निर्माणको काम अघि बढाइने हुलाकी राजमार्ग आयोजनाका इञ्जिनीयर पदम मडैले बताए । वसन्ता वनक्षेत्रमा पर्ने १८ किलोमिटर मध्ये १६ किलोमिटर सडकखण्डमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको आयोजना कार्यालयले जनाएको छ । कैलारी गाउँपालिकाको बैजपुरदेखि वसन्ता सवडिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएपछि आयोजनाको काम अघि बढेको हो ।
गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा १०० वटा रुख हटाउन आवश्यक रहेको आयोजना कार्यालयको भनाइ छ । सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ भने तुण्डी, प्रेरा, चन्द्रा एण्ड वसन्ता जेभीले निर्माणको ठेक्का पाएको जनाइएको छ । आयोजनाको ठेक्का २०७३ सालमा भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस