उपचारमा सहयोग गर्दै सिरिजङ्घा
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएका व्यक्तिलाई न्युनतम ५ हजारदेखि २५ हजार रुपैँयासम्म उपलब्ध गराइएको छ । हालसम्म कोषबाट ३ लाख १४ हजार रुपैँया खर्च भइसकेको छ ।
क्यान्सर लागेका, मुटु र मिर्गौलाकोे शल्यक्रिया गर्नुपर्ने लगायतका नसर्ने रोग लागेर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका नागरिकलाई सहयोग पु¥याउन सो कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले जानकारी दिनुभयो । कोष व्यवस्थित गर्न गाउँपालिकाले नियम र मापदण्ड तयार गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस