तीन दिन स्वाब सङ्कलन नहुने
कैलालीमा नगरवासीको सजिलोका लागि आफ्नै परिसर अगाडि स्वाब सङ्कलन केन्द्र स्थापना गरी निःशुल्क स्वाब सङ्कलन गरिरहेको धनगढी उपमहानरपालिकाले तीन दिनका लागि रोकेको छ ।
उपमहानगरपालिकासँग कोरोना परीक्षण प्रयोगशाला नभएको र सेती प्रादेशिक अस्पतालमा रहेको पिसिआर परीक्षण प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन भएकाले अस्पतालले स्वाब सङ्कलन रोक्न आग्रह गरेसँगै उपमहानगरपालिले शनिबार, आइतबार र सोमबार गरी तीन दिनका लागि स्वाब सङ्कलन रोकेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । उनले भने, “तीन दिनपछि पुनः सेवा सञ्चालन हुनेछ ।”
सेती प्रादेशिक अस्पतालमा भने स्वाब सङ्कलन जारी रहने जनाइएको छ । लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको कोरोना परीक्षणका लागि उपमहानगरपालिकाले निःशुल्क स्वाब सङ्कलन गरिरहेको र त्यसको परीक्षण सेती प्रादेशिक अस्पतालले गर्दै आइरहेको छ । सङ्कलन गरिएका सबै नमूनाको परीक्षण गरिएपछि उपमहानगरपालिकाले पुनः निःशुल्क स्वाब सङ्कलन कार्य सञ्चालन गर्ने जनाइएको छ । जिल्लामा कोरोना सङक्रमणदर बढेसँगै स्वाब दिनेको सङ्ख्या अत्यधिक बढेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस