भारतमा थप ४ लाख १ हजार बढिमा कोरोना संक्रमण पुष्टी, ५ हजार ४ सय २२ जनाको मृत्यु
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको महाराष्ट्रमा एकै दिन ८ सय ९८ बढी संक्रमित हुँदा ५ हजार ४ सय २२ को मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीमा अक्सिजन अभावका कारण आज बिहान मात्रै १४ जनाको मृत्यु भएको छ । विाश्वमै कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय बढी भएको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ । पछिल्लो विवरण अनुसार भारतमा मृतकको संख्या २ लाख ३८ हजार २ सय नाघेको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस