पत्रकार महासंघ काठमाडौंका सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट निधन
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणबाट निधन भएको छ ।
वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि १० गते ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको हो ।
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाकै कारण अहिलेसम्म ८ जना पत्रकारको निधन भएको छ भने ६ सय ५० भन्दा धेरै पत्रकार सङ्क्रमित भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस