• जीवनशैली | Jiwanshaili
  • १९ जना सांसद सहित १ सय ६० जनामा कोरोना संक्रमण पुष्टी


    काठमाडौं । संसद सचिवालयले गराएको कोभिड-१९ परीक्षणमा १ सय ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

    वैशाख २२ देखि २४ गतेसम्म १ हजार २ सय ३५ जनाको परीक्षण गरिएको थियो । राष्ट्रियसभाका एक जना सहित १९ जना सांसदमा कोरोना संक्रमण देखिएको हो। त्यसबाहेक १ सय ४१ जना चाहिँ संसद सचिवालयका कर्मचारी, मर्यादा पालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीमा संक्रमण देखिएको हो।

    २ सय ५ जना सांसद र कर्मचारी तथा अन्य गरी १ हजार ३० जनाको पीसीआर परीक्षण गरिएको थियो। यस बाहेक अन्य ८ जना सांसद संक्रमित छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते संसदमा विश्वासको मत लिने कार्यसूची छ।

    विश्वासको मतकै लागि संसद बैठक डाकिएको हो। त्यसैका लागि सचिवालयले पीसीआर परीक्षण गराएको हो।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस