• जीवनशैली | Jiwanshaili
  • थप ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाको मृत्यु भएको थियो । मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस