निषेधाज्ञाले दैनिक १० करोडको दूध खेर जाँदै
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले दैनिक १० करोड रूपैयाँ बराबरको १९ लाख लिटर दूध खेर गएको छ । पछिल्लो समय बजारमा दूधको खपत कम भएपछि १० करोड रूपैयाँ बराबरको दूध खेर गएको हो ।
एक सातादेखि बजारमा दूधको खपत घट्दै गएको छ । अधिकांश मानिस गाउँमा गएको र बजारमा दूधको माग नै कम भएकाले खपत कम भएको हो । नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले कोभिडको कारणले गर्दा बजारमा ६० प्रतिशत दूधको खपत घटेको जानकारी दिए । उनका अनुसार, अहिले बजारमा ४० प्रतिशत मात्र दूध बिक्री हुने गरेको छ ।
निश्चित समय मात्र पसल खोल्न पाउने हुँदा बिक्री गर्न नपाएको र माग नै कम भएकाले दूधको बिक्री हवात्तै घटेको उनको भनाइ छ । निषेधाज्ञा यता आठ दिनको अवधिमा खपत नहुँदा ८० करोड रुपैयाँ बराबरको दूध बिक्री नभएर खेर गएको उनले बताए ।
एसोसिएसनका अनुसार, सामान्य अवस्थामा दैनिक ६२ लाख दूध उत्पादन हुने गर्छ । ५० प्रतिशत दूध किसानले उपभोग गर्ने गर्छ भने ५० प्रतिशत दूध बजारमा आउने गर्छ । बजारमा ३२ लाख दूध आउने गरेकोमा अहिले १२ लाख लाख लिटर खपत हुने गरेको छ । अहिले ४० प्रतिशत मात्र दूध खपत भएको उद्योगीको भनाइ छ । दूध बिक्री नभएर किसानको पैसा दिनका लागि सबै उद्योगलाई समस्या परेको छ । दूधको किसानले पाउने मूल्य प्रतिलिटर ५५ रुपैयाँ र बजार मूल्य प्रतिलिटर ७६ रुपैयाँ रहेको छ ।
कारोबार दैनिकिबाट
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस