पाँच एम्बुलेन्स तयारी अवस्थामा
जिल्लाका प्रायः क्षेत्रमा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिन थालेपछि उपचार सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स सेवा तयारी हालतमा राखिएको छ । जिल्लामा यही वैशाख ५ गते पछिल्लोपटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो ।
रसुवा जिल्ला भौगोलिक विकट भए पनि अधिकांश स्थानमा मोटरबाटो खुलेका कारण जटिलखाले सङ्क्रमितलाई छिटोभन्दा छिटो सुविधायुक्त अस्पताल पु¥याउन पाँचवटा एम्बुलेन्स तयार गरिएको र नपुग भएको खण्डमा अन्य सवारी साधनसमेत परिचालन गराउने व्यवस्था मिलाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्यको मापदण्ड पूर्णरूपमा पालना गरी कोरोनाबाट बच्न र बचाउने कार्यमा सचेत रहन आग्रह गर्दै प्रजिअ ढकालले चिकित्सक एवं स्वास्थ्यकर्मीले दिएका सुझावलाई पालना गर्न सबैमा अनुरोध गरेका छन् ।
जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्डमा २४, उत्तरगयामा १५, कालिकामा ५९, आमाछोदिङ्मोमा ११ एवं नौकुण्डमा ४२ जना सक्रिय सङ्क्रमित रहेको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिनुभयो । तीमध्ये १२ संस्थागत आइसोलेशन र अन्य होमक्वारेन्टिनमा रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना सङ्क्रमितमध्ये एक जनाको भने नुवाकोटको त्रिशूली अस्पतालमा निधन भएको बताइएको छ । पछिल्लो समय २२४ को स्वाब परीक्षण भइसकेको र कालिका गाउँपालिकाबाट त्रिशूली अस्पतालमा पठाएका स्वाबमध्ये ६४ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्यकर्मीले बताएका छन् । यस्तै कोभिड–१९ को शुरूआत भएयता समग्रमा दुई हजार ६६ जनाको स्वाब परीक्षण भएको जनस्वास्थ्य अधिकृत देवकोटाले जानकारी दिए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस