होम आइसोलेसनमा बसेकालाई अक्सिजनको कमी भए कुन औषधी खाने ?
काठमाडौं । घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्ने ?
डा. अनुप सुवेदी भन्छन् – अस्पताल भर्ना गरेर अक्सिजन लगायत अन्य उपचार लिन नपाउँदा स्टेरोइड औषधी खान शुरु गरिहाल्नुपर्छ । यो कोभिडको सबैभन्दा महत्त्वपूर्ण, प्राणदायी औषधी हो । याद रहोस्,अक्सिजन नघटी यो सुरु गरे हानी हुनसक्छ, तर अक्सिजन घट्न थाल्ने बित्तिकै यो औषधी शुरु गर्दा प्राण जोगाउन मद्दत गर्ने देखिएको छ ।
अक्सिमिटरले अक्सिजनको लेवल ९२ वा कम देखायो (मेसिन औंलामा कम्तीमा ३० देखि ६० सेकेन्ड राखेपछि) भने अक्सिजन कम भएको मानिन्छ । अर्थात Tab Methylprednisolone 32 mg (१६ mg को २ चक्की वा ८ mg को ४ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Dexamethasone 6 mg (०.५ mg का १२ चक्की) एकैचोटी दिनको १ पटक कि त Tab Prednisolone 40 mg दिनको १ पटक
खाना पछि खाने।
यो औषधीले ब्लड सुगर बढाउने हुनाले मधुमेहका बिरामीले सुगरको मात्रा नाप्ने र त्यसअनुसार डाक्टरसँगको परामर्शमा मधुमेहका औषधीको डोज बढाउने वा केही दिनलाई इन्सुलिन लिनुपर्ने हुन सक्छ । औषधी खान थाले पनि अक्सिजनको जोहो गर्न वा अस्पतालमा भर्ना गर्ने कोशिश गर्न भने छोड्नु हुँदैन । तर यो औषधी शुरु गर्दा रोगको वेग केही मत्थर हुने, समय किनिने र केहीलाई चाहिं अक्सिजन सुरु गर्नै नपर्ने हुन सक्छ ।
यी औषधी बजारमा प्रशस्त छन् । सबैले आफूलाई आवश्यक परेको बेलामा मात्र किन्न गएमा यसको अभाव हुने गुञ्जायस छैन । अनावश्यक रूपमा पहिले नै थुपारेर कृत्रिम अभाव नगराऔं ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस