अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण
काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोभिड-१९ संक्रमण भएको छ ।
संक्रमणको आशंकापछि पीसीआर गराएकी वर्षामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिँदै संक्रमणपछि गन्ध हराएको र खोकी लागिरहेको उल्लेख गरेकी छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
स्वास्थ्य मापदण्डको पालना गर्दै उनी होम आइसोलेसनमा छन् । यो बेला सबैलाई सचेत रहन उनको आग्रह छ । कोरोना भाइरसको दोस्रो लहरले संक्रमित हास्य कलाकार मदन कृष्ण श्रेष्ठ पनि स्वास्थ्यलाभ गरिरहेका छन्।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस