• जीवनशैली | Jiwanshaili
  • मंगलवार यी स्थानमा पानी पर्ने


    आज २०७८ बैशाख २८ गते मंगलबार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण(पूर्व भू(भाग नजिक रहेको पूर्व(पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
    मंगलवार दिउँसो देशको पहाडी भू(भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै मंगलबार राती देशका अधिकांश भू(भागहरुमा सामान्य बदली रहि देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस