• जीवनशैली | Jiwanshaili
  • कोरोनाको भारतीय भेरियन्ट निकै खतरनाक


    कोरोना भाइरसको भारतीय भेरियन्ट निकौ खतरनाक भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दावी गरेको छ । डब्ल्युएचओका कोभिड १९ प्रमुख मारिया वेन केरखोवले भारतमा देखा परेको बी.१.६१७ भेरिएन्ट अत्यधिक संक्रामक भएको बताए । यो भेरियन्टले विश्वका अन्य राष्ट्रहरु पनि प्रभावित हुन सक्ने भन्दै चिन्ता उनले चिन्ता व्यक्त गरेका छन् । गत बर्षको डिसेम्बरमा पहिलो पटक भारतमा पत्ता लागेको यो भेरिएन्ट यही बर्षको अक्टोबर सम्म फैलिसकेको उनको भनाई छ । यो भाइरस भारत हुँदै अन्य राष्ट्रहरुमा फैलिसकेको दाबी गर्दै डब्ल्युएचओले यो भेरियन्टको भाइरसले हजारौंको ज्यान लिन सक्ने चेतावनी दिएको छ

    विश्वका कयौं राष्ट्रहरुले भारतको उडानमा रोक लगाइसेको अवस्थामा अन्य राष्ट्रहरुले पनि सावधानी अपनाउन डब्ल्युएचओले आग्रह गरे। डब्ल्युएचओका प्रमुख टेड्रोस गेब्रेयासिसले डब्ल्युएचओले टुगेदर फर इन्डिया अभियान शुरु गर्ने जानकारी दिदैं भारतका लागि अक्सिजन, औषधी लगाएत अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए। यसका लागि कोष खडा गर्ने तयारीमा रहेको टेड्रोसको भनाई छ । भारतमा कोरानो भाइरसको संक्रमितको संख्या दैनिक ४ लाखको हाराहारीमा पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस