बङ्गलादेशद्वारा औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण
बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले नेपाल सरकारको कोरोनाविरुद्धको लडाइँमा सघाउन औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
ढाकामा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत डा वंशीधर मिश्रलाई ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
बङ्गलादेशले बेक्सिमको फर्माबाट उत्पादित पाँच हजार थान रेम्डी सिभर, सुई तथा पिपिईलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उक्त सामग्री आजै हिमालयन एयरलाइन्सबाट नेपाल पठाइने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस