कोरोना विशेष अस्पतालमा एकै रातमा ११ संक्रमितको मृत्यु
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका ११ जना रहेका छन् ।
अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पतालले आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताउनुभयो ।
बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज शव ब्यवस्थापन गरेको हो ।
उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल-११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।
त्यस्तै सैनामैना-३ कै ४२ वर्षीय पुरुषको सोमबार राती ८ बजे, बुटवल-११ का ३६ वर्षीय पुरुषको मध्यराति १२ः४५ बजे, कञ्चान-४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो ।
त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको सोमबार राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ ।
डा.गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी-७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे मृत्यु भएको छ ।
एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस