निजी प्रयोजनको बहानामा जथाभावी सालको रुख कटान
गोरखा नगरपालिका–१३ स्थित वनदेवी सामुदायिक वन क्षेत्र आसपासमा निजी वनका नाममा जथाभावी सालको रुख कटानी भएको पाइएको छ । स्थानीयवासीले वनमा सालको काठ लुकीछिपी काटेर राखेको अवस्थामा भेटेपछि डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए ।
काटिएको काठ स्थानीयवासी सुर्दशन शाहीले आफ्नो निजी प्रयोजनका लागि भन्दै काटेर थुपारेर राखेको अवस्था भेटिएको कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठले थुपारिएर राखिएको काठ कहाँबाट काटेको भन्ने कुरा अनुसन्धान भइरहेको बताए । ‘‘निजी वनको हो कि सामुदायिक वनबाट काठ काटिएको हो भन्ने स्पष्ट भइसकेको छैन,” प्रमुख श्रेष्ठले भन्नुभयो । शाहीले थुपारेर राखेको भनिएको स्थानमा करीब २९ थान (साढे ३१ क्युफिट) काठ फेला परेको अनुसन्धानमा खटिनु भएका रेन्जर बद्री देवकोटाले जानकारी दिए ।
शाहीले सामुदायिक वनसंग जोडिएको क्षेत्रमा बिना अनुमति आफ्नो निजी वन भन्दै सालको रुख कटानी गरेको पाइएको हो । उनले घर बनाउनका लागि काठ काटेको भनिएपनि स्थानीयवासीले काठ बिक्री वितरणका लागि काटेको आशङ्का गरेका छन् । कानूनमा निजी वन नै भएपनि सालका काठ अनुमति बिना काट्नका लागि प्रतिबन्ध लगाइएको छ । रुख काटिएको क्षेत्रमा अन्य कुकाठका रुखहरु पनि ढलिरहेको अवस्थामा भेटिएको स्थानीयको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस