दिनहुँ थपिँदै सङ्क्रमित
दिनहुँ थपिँदै सङ्क्रमित
पाँचथर जिल्लामा नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिए । फिदिममा यसअघि भेटिएका सङ्क्रमितहरूको कन्ट्याक्ट टेसिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।
यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक–४ थर्पुमा पाँच र याङवरक–२ फलैँचामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो । सोमबार नै थप सात जनाको पिसिआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ ।
यद्यपि जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ दैनिक रिपोर्टअनुसार एकजना सङ्क्रमित निको भएका छन् भने एक उपचारमा छन् । बाँकी सबै होम आइसोलेशनमा छन् । कार्यालयले रिपोर्टमा कूल सङ्क्रमितको सङ्ख्या ४० उल्लेख गरेको छ । सोमबार नै ४ बजेभन्दा पछि याङवरकमा सातजना सङ्क्रमित थपिएका हुन् । गत आइतबार मात्रै पाँचथरमा १७ जना सङ्क्रमित थपिएका थिए ।
सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै आजदेखि पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ । बिहान ९ बजेसम्म सदरमुकाम फिदिममा सार्वजनिक सवारीका साधन ठप्प प्रायः देखिएका छन् । निर्माण कार्यमा प्रयोग भएका सवारी भने सञ्चालनमा देखिएका छन् । बिहान ५ देखि ९ बजेसम्म अत्यावाश्यक सेवाका पसल तथा सेवा खुल्ला गरिएअनुसार पसल खुलेका छन् भने सडकमा सर्वसाधारणको उपस्थिति सामान्य छ । आजदेखि शुरु भएको निषेधाज्ञा एक साताका लागि जारी गरिएको हो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस