अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन्
जिल्ला प्रहरी कार्यालय तनहुँले निषेधित समयमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित पालिकामा पठाएकामा रु।४० हजार जरिवाना तिरेर छुटेका छन् ।
जिल्लाको विभिन्न स्थान र मितिमा अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गर्ने सवारी साधानले पालिकाले तोकेअनुरुपको जरिवाना बुझाएर छुटेका हुन् । नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार तथा ओसार्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित पालिकामा पठाएकामा जरिवाना तिराएर छाडेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
त्यसैगरी व्यास नगरपालिका–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिका–७ दुलेपानी स्थितमा रहेको झोलुङ्गे पुलमाथी अवैध रुपमा ढुङ्गा राख्दै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालयमा बुझाएकामा उक्त कार्यालयबाट रु।आठ हजारका दरले रु।१६ हजार जरिवाना गरि छाडेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । निषेधित समयको मौका छोपी नदीजन्य पदार्थ उत्खनन हुने गरेकाले सम्भावित क्षेत्रहरुमा प्रहरीले निगरानी बढाउन थालेको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस